आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

उपप्रधानमन्त्री सिँहद्वारा हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन


  • आक्रमण न्युज
  • २०८१ पौष ११, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • १६० पाठक संख्या
  • पौष ११, २०८१
    चितवन । उपप्रधानमन्त्री  प्रकाशमान सिँहले चितवनको सौराहामा आयोजित हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गरे। उद्घाटन गर्दै उनले हात्ती महोत्सवको विरोध नगर्न आग्रह गर्दै चितवनको पर्यटन विकासमा हात्तीको महत्त्वपूर्ण भूमिका रहेको बताए।
    सिँहले महोत्सवलाई जनावरमैत्री बनाउन र पर्यटनमा सकारात्मक प्रभाव पार्न सरकारको सहयोग रहने बताए। उनले पर्यटन गतिविधिहरूको विरोधलाई असरकारक नहुने र चितवनको सफारी पर्यटनलाई बल पुर्याउने बताए। महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि भएको जानकारी दिए।
    महोत्सवमा हात्तीका विभिन्न गतिविधिहरू, जस्तै श्रृंगार, स्वास्थ्य परीक्षण, म्यूजिकल वाक र फुटबल पेनाल्टीको आयोजना हुनेछ। यो महोत्सव पर्यटनको समृद्धिका लागि महत्वपूर्ण मानिएको छ।
    महोत्सव पौष ११ गतेदेखि शुरु भै १६ गते सम्म सञ्चालन रहनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट