
प्रचण्ड स्वभाव ठूलो षड्यन्त्र, दाउपेच, घेराबन्दी र व्यवधानलाई ‘लात्ताले हानेर’ बाहिर निस्कने खालको छ । प्रचण्ड ठान्छन् कि ‘म गतिशील छु’ । उनको पार्टी र आन्दोलन कुनै शान्त नदी, समुद्र वा तुरतुरे धाराजस्तो हैन, गडगडाउँदो खोला, उर्लिदो खहरेजस्तो हो । गडगडाउँदो खोला वा उर्लिदो खहरेले के भत्काउँछ, के भत्काउँदैन ? के बगाउँछ, के बचाउँदैन ? कसैले भन्न सक्दैन । भत्काउनु पर्ने पनि भत्काउँछ, नभत्काउनु पर्ने पनि भत्काउँछ । बगाउनु पर्ने पनि बगाउँछ, नबगाउनु पर्ने पनि बगाउँछ । प्रचण्ड शान्त समुद्र, स्थिर प्रवाह भएको विशाल नदीसँग किन तुलना गर्न चाहँदैनन् आफूलाई रु शान्त समुद्रमा गडगडाउँदो खोलाको भन्दा कति हो कति धेरै पानी हुन्छ । अथाह खजाना हुन्छन् । उर्लिदो खहरेभन्दा विशाल प्रवाह भएको नदीको गरिमा, महिमा र सौन्दर्य व्यापक हुन्छ । तर, यति कुरा जान्दाजान्दै, बुझ्दाबुझ्दै पनि प्रचण्ड स्वघोषित गडगडाउँदो खोला हुन चाहन्छन् । उर्लँदो खहरे हुन चाहन्छन् । गडगडाउँदो खोलाले गाउँवस्ती बिर्गाछ । खेत खलियान कटान गर्छ । बाली बगाउँछ । वस्तीका मान्छेलाई दुःख दिन्छ । सपनाहरूको जलसमाधि गर्दछ । खहरेले केहीबेर जस्तै विध्वंस किन नगरोस्, अन्ततः त्यो सुक्नैपर्छ, स्वाप्पै । जस्तो कि माओवादी पार्टी तीन चुनावयता सुक्दै गएको छ ।
उथलपुथलको अर्थ कम्तिमा कांग्रेस नेता रमेश लेखकले संसद्मा भनेजस्तो ‘एउटासँग टिकाटालो गर्नु, दोस्रोसँग लगनगाँठो कस्नु, तेस्रोसँग हनिमुन मनाउनु, चौथोसँग डेटिङ गर्नु र पाँचौँसँग टाप कस्नु’ अवश्य हैन होला । प्रचण्डलाई ठीक यही र यस्तै चरित्रमा विश्वास छ भने त कसको के लाग्छ ? र, यही पारा हो भने आगामी चुनावमा पानी निख्रिएको खहरेजस्तै हुन सक्दछ माओवादी । किनकि अस्थिर र अवसरवादको सत्ता राजनीतिका कारण यसले जनविश्वास गुमाउँदैछ । तर, प्रचण्डलाई बरु गाली र आलोचना प्रिय छ । राष्ट्रिय जीवनको बर्बादी प्रिय छ । अस्थिर र अवसरवादको छवि प्रिय छ । खहरेझैँ निरन्तर सुक्दो पार्टी स्वीकार्य छ । राजनीतिक मानक र मूल्यको क्षयिकरण स्वीकार्य छ । दुनियाँले के भन्छ, मतलब छैन । उनको यो चरित्र र स्वभावको मूल्य देश र जनताले के कति तिर्नुपरेको छ, मतलब छैन । उनको चाहना उथलपुथलमा मात्र छ । उनी बाँचुन्जेल ‘उथलपुथल’ गरिरहन चाहन्छन् । के हो त्यो उथलपुथल ? के गर्छ त्यस्तो उथलपुथलले ? के परिणाम दिन्छ त्यसले रु सदाबहार उथलपुथलले दिने परिणाम सार्थक र सुखद नै हुन्छ भन्ने के छ ? दुखद र दुर्भाग्यपूर्ण परिणामका लागि गौरव गर्नुपर्ने किन ?
उथलपुथलको अर्थ कम्तिमा कांग्रेस नेता रमेश लेखकले संसद्मा भनेजस्तो ‘एउटासँग टिकाटालो गर्नु, दोस्रोसँग लगनगाँठो कस्नु, तेस्रोसँग हनिमुन मनाउनु, चौथोसँग डेटिङ गर्नु र पाँचौँसँग टाप कस्नु’ अवश्य हैन होला । प्रचण्डलाई ठीक यही र यस्तै चरित्रमा विश्वास छ भने त कसको के लाग्छ ? यदि प्रचण्डले बुझेको उथलपुथल ठीक यस्तै हो भने यो एक ‘अतृप्त आत्मा’ को ‘भोगाशक्ति’ भन्दा केही हैन । केही हुँदैन । ‘भौतिक इन्द्रिय’ मा सीमित मान्छे, जसको कुनै मानसिक चेत र आत्मिक सौन्दर्यबोध छैन, उसले मात्र यस्तो कुरामा विश्वास गर्न सक्दछ । र, ‘भोगाशक्ति’ उच्च नैतिक चरित्र भएको मानिसको विशेषता हैन । महात्मा गान्धी भोगले त्यो उचाइमा पुगेका हैनन् । नेल्सन माण्डेला भोगले माण्डेला भएका हैनन् । वैयक्तिक भोग र परिवारवादको घेरा आफैँमा सबैभन्दा ठूलो घेराबन्दी हो, कुनै क्रान्तिकारीले लात हानेर भत्काउनुपर्ने । आफैँ त्यसमा फसेपछि लात्ताले हानेर भत्काउन बाँकी नै के हुन्छ ? पार्टीको नाम त उनको अहिले पनि कम्युनिष्ट नै छ । माओवादी नै छ । सिद्धान्त मार्क्सवाद लेनिनवाद नै छ । तर, उनी संसदीय प्रणाली र व्यवस्थामा फर्किएको धेरै भयो । २०४८ सालको आम चुनावमा संयुक्त जनमोर्चादेखि गत चुनावको ११ प्रतिशत भोटसम्म एक फन्को मार्दा प्रचण्ड र माओवादीले हासिल गरेको उपलब्धि के हो ? दुनियाँलाई थाहा छैन ।
अघिल्लो पुस्ताका राजनीतिज्ञहरू बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मनमोहन अधिकारीहरूले निर्माण गरेको गौरव र प्राप्त गरेको सम्मान सत्ताभोगबाट हैन । कम्तिमा उनीहरूसँग आफ्नै प्रकारको नैतिक जीवन थियो । जीवन मूल्य थियो । मूल्य प्रणाली थियो । के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने केही आधारभूत मानक थिए । प्रचण्डसँग ती केही पनि देखिँदैनन् । विचारले उनी कुनै बेला कम्युनिष्ट थिए । संसदीय व्यवस्था र प्रणाली भत्काएर नौलो जनवादी क्रान्ति गर्न हिँडेका उग्रवामपन्थी कम्युनिष्ट । क्रान्तिका लागि एकपटक हतियार उठाइसकेपछि त्यसलाई कुनै निष्कर्षमा नपुर्याई बिसाउनु भनेको सर्वहारा वर्गमाथिको अपराध हो भन्ने विश्वास गर्ने कम्युनिष्ट । पार्टीको नाम त उनको अहिले पनि कम्युनिष्ट नै छ । माओवादी नै छ । सिद्धान्त मार्क्सवाद लेनिनवाद नै छ । तर, उनी संसदीय प्रणाली र व्यवस्थामा फर्किएको धेरै भयो । २०४८ सालको आम चुनावमा संयुक्त जनमोर्चादेखि गत चुनावको ११ प्रतिशत भोटसम्म एक फन्को मार्दा प्रचण्ड र माओवादीले हासिल गरेको उपलब्धि के हो ? दुनियाँलाई थाहा छैन ।
के त्यो साम्यवाद हो ? के त्यो समाजवाद हो ? के त्यो नयाँ जनवाद हो ? के त्यो सर्वहारा अधिनायकत्व हो ? के त्यो धनी गरिबबिनाको सर्वहारा राज्य हो ? प्रचण्ड परिभाषाको सर्वहारा भनेको के हो ? कार्ल मार्क्सको सर्वहाराको परिभाषा प्रचण्ड र उनको परिवारसँग कतै तादात्म्यता छ ? यदि छैन भने त्यो कुनै सिद्धान्त त भएन । फेरि केको कम्युनिष्ट ? केको मालेमावाद ? विचार र सिद्धान्तको कुरा छोडौँ । प्रचण्ड त्यसो गर्ने पहिलो कम्युनिष्ट नेता थिएनन् नेपालका । हिजो एमाले र मदन भण्डारीले पनि त्यही गरेका थिए । ‘झापा विद्रोह’ नामको नक्सलवादी आन्दोलन हुँदै अन्ततः उनीहरू ‘बहुदलीय जनवाद’ मा आएका थिए । एमाले र मदन भण्डारीले त्यसो गर्न हुने प्रचण्डले संसदीय लोकतन्त्रमा फर्किन नहुने भन्ने त हैन ।

प्रतिक्रिया दिनुहोस