आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

बोस्टन इन्टरनेशनल कलेजद्वारा ४२ लाख बराबरको छात्रवृत्ति वितरण


  • आक्रमण न्युज
  • २०८२ भाद्र ३१, मंगलबार मा प्रकाशित १ साल अघि
  • २८० पाठक संख्या
  • भरतपुर । भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले स्नातक तहका ३६ जना विद्यार्थीलाई कुल ४२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ। कलेजले मङ्गलबार आयोजित विशेष कार्यक्रमका बीच लक्की ड्रमार्फत छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको हो।

    कलेजका अन्डरग्राजुएट डाइरेक्टर पुष्प अधिकारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा एक जनाले दुई लाख रुपैयाँ, पाँच जनाले जनही एक लाख ५० हजार, दस जनाले जनही एक लाख २५ हजार र बीस जनाले जनही एक–एक लाख रुपैयाँ पाएका छन्। यी सबै विद्यार्थीहरू कलेजको बिबिए, बिबिए–फाइनान्स, बिएचएम र बिसिएस आइटी कार्यक्रमका हुन्।

    लक्की ड्रमा विद्यार्थीले भर्नाका बेला भरेका कुपनलाई प्रयोग गरिएको थियो। कुपन छनोट गर्न कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी र पत्रकारलाई समेत सहभागी गराइएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बोस्टन कलेजले टिएनई (ट्रान्सनेसनल एजुकेसन) नामक नयाँ शैक्षिक अवधारणा ल्याएको जानकारी दिए। उक्त अवधारणाअन्तर्गत विद्यार्थीले पहिलो वर्ष बोस्टनमै अध्ययन गर्ने र बाँकी दुई वर्ष अस्ट्रेलिया वा युकेको प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाउनेछन्।

    यस अवसरमा कलेजले पाँच उत्कृष्ट स्टार्टअप परियोजनालाई कुल आठ लाख रुपैयाँ बीउपुँजी प्रदान गरेको घोषणासमेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑