Follow

Subscribe to notifications
Close
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026
  • गृहपृष्ठ
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो टीम
  • हाम्रो वारे
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्तरवार्ता
  • आर्थिक
    • कृषि/सहकारी
    • पर्यटन
    • बैंक
    • रोजगार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • जीवनशैली
  • मनोरञ्जन
  • राजनीति
  • English
  • आक्रमण साप्ताहिक
  • अन्य
    • विज्ञान / प्रविधि
    • विचार / ब्लग
    • स्वास्थ्य
    • प्रवास
    • साहित्य / संस्कृति
    • Video
    • पत्रपत्रिकाबाट
    • सुचनाहरु
    • अनौठो / रोचक जानकारी
Trending
प्रदेशस्तरीय अगुवा निर्वाचन उम्मेदवार प्रधानमन्त्री ललितपुर माओवादी केन्द्र साधारण निरीक्षण गठबन्धन प्रदेश सरकार प्रदेशसभा सदस्य गणतन्त्र

आश्विन शुक्ल तृतीयाः गीत सङ्गीत क्षेत्रमा लागेकाले विशेष पूजा आराधना गरिने चन्द्रघण्टा देवीको साधना गरिँदै


होमपेज /  मुख्य समाचार
  • आक्रमण न्युज
  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित १ साल अघि
  • २८२ पाठक संख्या
  • काठमाडौँ । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु

    मुन्धुमका विशिष्ट शब्द समेटिएको शब्दकोश सार्वजनिक

    पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

    भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

    प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सवः छठ पर्व

    लोकप्रिय

    के “निलो क्रान्ति” परिवर्तनको सम्वाहक हो ?

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

    बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

    आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

    ताजा अपडेट

    प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै

    मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल

    सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड

    काग तिहार मनाइँदै

    मुन्धुमका विशिष्ट शब्द समेटिएको शब्दकोश सार्वजनिक

    पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

    भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

    प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सवः छठ पर्व

    नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

    समाचार

    अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

    उज्यालो टाइम्स मिडियाको विजयादशमी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ASEZ WAO द्वारा कोहलपुर नगरपालिका वडा नं. ७ मा१,००० बिरुवा रोपण कार्य सम्पन्न

    अपुरो संविधान

    भरतपुरमा हुन्डाईको नयाँ पुस्ताको ‘All-New Venue’ सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

    • English
    • कृषि/सहकारी
    • पर्यटन
    • बैंक
    • रोजगार
    • कर्णाली
    • गण्डकी
    • कोशी
    • बागमती
    • मधेश
    • लुम्बिनी
    • सुदूरपश्चिम

    आक्रमण मिडिया नेटवर्क को लागि

    अध्यक्ष : मेनुका पन्त

    प्रधान सम्पादक : टिकादत्त तिमिल्सिना

    सल्लाहकार सम्पादक: हरि अधिकारी

    सम्पादक: शंकर चिमरिया

    कार्यकारी सम्पादक : होमनाथ न्यौपाने

    सह-सम्पादक: एलिशा तिमिल्सिना/ शंकर सुवेदी

    मार्केटिङ डाइरेक्टर: प्रभात राज पाण्डे

    सम्बादाताहरु:
    उदय तिमिल्सिना
    सुरेस अधिकारी
    जनता रैका (कोहलपुर )
    सन्दिप कुंवर (नवलपरासी)

    द. नं. ००२४४/०८०/०८१

    Contact Information

    न्युज डेस्क सम्पर्क: ०५६५२१५७७

    मोबाईल: ९८५५०५९५१०

    [email protected]

    भरतपुर, चितवन

    Website:- akramannews.com

    Quick Menu

    • Privacy Policy
    • Term & Condition
    • हाम्रो वारे
    • हाम्रो टीम
    • सम्पर्क
    • बिज्ञापन

    Social Media

    Copyright © Estd 2022 - 2026 आक्रमण न्युज - Akraman News | All rights reserved. Designed by GOJI Solution
    ↑