आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ सुरु


  • आक्रमण न्युज
  • २०८२ माघ २५, आईतबार मा प्रकाशित ३ महिना अघि
  • ५७ पाठक संख्या
  • डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ नारासहित चारदिने प्रदर्शनी
    भरतपुर। ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आजदेखि भरतपुरमा भव्य रूपमा सुरु भएको छ।
    एक्स्पोको उद्घाटन कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु विकास सचिव डा. दिपक खराल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
    उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि डा. खरालले प्रदर्शनीले साना किसानदेखि उद्योगी र व्यापारीसम्मलाई डेरी उत्पादन, प्रशोधन तथा वितरण प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले एक्स्पोमार्फत हुने बी–टु–बी (B2B) मिटिङले डेरीजन्य उत्पादनको निर्यात प्रवर्द्धन गर्नुका साथै कृषि सहकारीहरूलाई औद्योगिक उत्पादनतर्फ प्रेरित गर्ने बताउनुभयो।
    कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले स्वागत मन्तव्य दिँदै अन्तर्राष्ट्रिय डेरी एक्स्पोको उद्देश्य, संरचना र अपेक्षित उपलब्धिबारे जानकारी गराउनुभयो।

    उद्घाटन कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागिरथ तिमिल्सिना, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, डेरी उद्योग संघ नेपालका अध्यक्ष राजकुमार दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि पौडेल, राष्ट्रिय दुग्ध विकास संस्थानका महाप्रबन्धक सन्जिव झा, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँबर, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपकुलपति प्रा.डा. शारदा थपलिया लगायतले एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै दोस्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता ।
    तेस्रो दिन दुध उत्पादनको वर्तमान अवस्था, बजार समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया
    पशुपालनमा देखिने रोग र उपचार विधि ।
    गुणस्तरीय दुध उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग
    दुग्ध क्षेत्रको चुनौती, नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा
    चौथो दिन हाजिरीजवाफ प्रतियोगिता, उन्नत जातका गाईहरूको प्रदर्शनी तथा सातै प्रदेशबाट सिफारिस भएका उत्कृष्ट दुग्ध उत्पादक सहकारीहरूलाई सम्मान कार्यक्रम सञ्चालन हुनेछ।

    प्रदर्शनीमा डेरी उद्योगी, लगानीकर्ता, नीति निर्माता, सरकारी कर्मचारी, अनुसन्धानकर्ता, विद्यार्थी, किसान, बैंक तथा बीमा कम्पनीका प्रतिनिधि लगायत करिब ५० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
    एक्स्पोमा भारतसहित विभिन्न देशका डेरीजन्य स्टल, डेरी प्रोसेसिङ तथा पशु आहार मेशिनरी, सफ्टवेयर, प्याकेजिङ उद्योग, पशु औषधी, भेटनरी सेवा, आधुनिक सेड निर्माण, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे ।

    अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ लाई नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डले मुख्य प्रवर्द्धक तथा सह–आयोजकका रूपमा समर्थन गरेका छन्। हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघलगायत संस्थाहरू सहयोगी तथा संरक्षकको भूमिकामा रहेका छन्।

    प्रदर्शनीको आईटी पार्टनर टुना टेक्नोलोजी र इन्टरनेट पार्टनर वल्र्डलिङ कम्युनिकेशन प्रा.लि. रहेका छन्।
    कार्यक्रमको सञ्चालन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव कल्याण अधिकारीले गर्नुभएको थियो भने समापन मन्तव्य चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले व्यक्त गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट