आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

चितवनमा ‘अटो उत्सव’को धड्कन: प्रविधि, व्यवसाय र सुरक्षाको संगम हुँदै “चितवन अटो शो २०२६” भव्य तयारीमा


  • आक्रमण न्युज
  • २०८३ बैशाख ८, मंगलबार मा प्रकाशित ३ घण्टा अघि
  • १६ पाठक संख्या
  • चितवन। अटोमोबाइल क्षेत्रको प्रवर्द्धन, व्यवसायिक एकता र सडक सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यसहित चितवनमा अटो महोत्सव आयोजना हुने भएको छ। Chitwan Auto Show 2026 आगामी बैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

    कार्यक्रम Chitwan Automobiles Dealers Association र Chitwan Automobiles Association को संयुक्त आयोजनामा हुँदैछ भने Bharatpur Metropolitan City, चितवन उद्योग संघ तथा उद्योग वाणिज्य संघको सहकार्य रहनेछ।

    आयोजकका अनुसार अटो शोमा साना–ठूला गरी विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल तथा स्कुटरका ७५ भन्दा बढी स्टल रहनेछन्। कार्यक्रममा बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको सहभागितासमेत रहनेछ, जसबाट ‘On the Spot’ फाइनान्स र इन्स्योरेन्स सेवा उपलब्ध गराइनेछ। साथै, ग्राहकलाई आकर्षक छुट, विशेष स्किम र लक्की ड्रमार्फत पुरस्कारको समेत व्यवस्था गरिनेछ।

    अटो शो केवल व्यापारिक प्लेटफर्म मात्र नभई प्रविधि र जनचेतनाको संगमका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। विशेषगरी विद्युतीय सवारी (EV), स्मार्ट मोबिलिटी र नवीन प्रविधिबारे जानकारी दिने तथा उपभोक्तालाई प्रत्यक्ष अनुभव गराउने अवसर यसले प्रदान गर्नेछ।

    कार्यक्रममा पुराना ‘Vintage’ गाडीहरूदेखि महँगा ‘Big Bike’ हरूको विशेष प्रदर्शनी हुनेछ। साथै मोटरसाइकल स्टन्ट, जिमखाना, राइडिङ स्किल जस्ता आकर्षक गतिविधिहरूले दर्शकलाई थप रोमाञ्चित बनाउनेछन्।
    तेस्रो दिन ‘अटो सेमिनार’ आयोजना गरिनेछ भने चौथो दिन विद्यार्थी लक्षित ‘हेल्मेट प्रयोग सचेतना’ कार्यक्रम तथा अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण कार्यक्रमसमेत समावेश गरिएको छ। यस अभियानमा Nepal Automobiles Sports Association बागमती प्रदेशको सहकार्य रहने जनाइएको छ।

    करिब १० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अटो शोबाट ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। स्थानीय कलाकारहरूको सहभागितामा दैनिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

    समग्रमा, “चितवन अटो शो २०२६” ले अटोमोबाइल क्षेत्रलाई नयाँ उचाइमा पु¥याउँदै व्यवसायिक वातावरण सुदृढ गर्ने, प्रविधि हस्तान्तरणलाई तीव्रता दिने र सडक सुरक्षाप्रति सचेतना बढाउने महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट