आज: २०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

भाषण ले बिद्रोह पुष्टि गर्दैन


  • आक्रमण न्युज
  • २०८३ अषाढ ८, सोमबार मा प्रकाशित ४ घण्टा अघि
  • ७४ पाठक संख्या
  • पार्टीभित्रको आन्तरिक द्वन्द्वले पार्टीलाई दुर्घटनाबाट जोगाउँछ, नेतृत्वलाई गल्ती, कमजोरी सच्याउने मौका दिन्छ । त्यसैले नेताहरूले आफैँले आफैँलाई सुधार्नुपर्छ, अन्यथा सुधार्नका लागि पार्टीभित्रैबाट कार्यकर्ताहरूले दबाब सृजना गरिनुपर्छ । तर व्यवहारमा नेताहरूले आन्तरिक लोकतन्त्रलाई सवल र सदृढ गर्न नसक्नुले पार्टीभित्र अनेक खालका विकृति र विसंगति झाँगिँदै गएको छ ।

    त्यसलाई गोडमेल गर्ने काम नेता, कार्यकर्ताहरूकै हो । तर पछिल्लो समय पार्टीमा नीति होइन, नेता प्रधानको प्रवृत्ति झाँगिँदै गएकोले नेताका विरुद्ध कोही पनि ‘चूँ’सम्म बोल्न सक्दैनन। नेताले जस्तोसुकै गल्ती गरे पनि ठिक भन्ने जुन खालको अवसरवाद हाबी भएको छ, त्यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाएको छ । लोकतन्त्र कमजोर हुँदा अराजकता बढ्छ । अहिले जताततै अराजकता किन बढिरहेको छ भने मुलुक कानुनी बाटोमा होइन, दण्डहीनतातर्फ उन्मुख छ । धेरै कानुनहरू देश र आम नागरिकको हितमा छैन, स्वार्थ समूह र बिचौलियाको स्वार्थमा गरिएको सबैले बुझेको कुरा हो । त्यसको जति चिन्तन मनन हुनुपर्ने हो त्यो हुन सकेको छैन !

    यसैको उदाहरण हुन वर्तमान प्रम बालेन्द्र शाह जसले न्यायपालिका शुद्धिकरण का लागि चाल्नु भएको उचित कदम बाट बिचौलिया प्रथाको अन्त्य हुने विश्वास गर्न सकिन्छ ! स्वर्गिय राजा महेन्द्र एक दुरगामि राजा होइबक्सिन्थ्यो भने वर्तमान प्रधानमन्त्रि वालेन्द्र शाह असल नबोल्ने कडा प्रम का रुपमा चिनिनु हुन्छ । कतिपय विषयमा चित्त नबुझे पनि वर्तमान प्रधानमन्त्रिले तत्कालै प्रतिक्रिया दिन हतार गर्नु भएको देखिदैन ! बैठक बोलाएर सामुहिक बहस, छलफलको माध्यमबाट समस्याको निकास खोज्ने वहाको गुण हो !

    भाषणले मात्रै विद्रोहको पुष्टि हुँदैन, काममा देखिनुपर्छ भन्ने वर्तमान प्रधानमन्त्रिको सिद्धान्त हो । प्रधानमन्त्रि बालेन्द्र शाह ले जस्तै तत्काल बैठक बोलाएर ठोस परिस्थितिको तार्किक निष्कर्ष निकालेर अगाडि बढन सक्नु नै नेताको खुबि मानिन्छ , यस्तो गुण कि त स्वर्गिय राजा महेन्द्र मा थियो कि वर्तमान प्रधानमन्त्रि बालेन्द्र शाहमा पाइएको छ ! भन्नुको मतलव प्रधानमन्त्रि बालेन्द्र शाह नाम र राजा महेन्द्र को काम नेपालको इतिहासमा उच्च छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट