आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार अभ्यास हुँदै, दिउँसो आधा घण्टा उडान नहुने


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ५३८ पाठक संख्या
  • जेठ २८, काठमाण्डौ –

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडानसँग सम्बद्ध सङ्कटकालीन योजना अनुसार पूर्ण सङ्कटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    परिकल्पना गरिएको घटनाअनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लो देखिने र घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिने प्राधिकरणको सूचनामा उल्लेख छ ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिरणको मापदण्डअनुसार विमानस्थलमा आइपर्न सक्ने विभिन्न आपत्कालीन अवस्थामा प्रतिकार्यको लागि यो अभ्यास गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट