पर्सा। पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गर्नुभयो । उहाँले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।
आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताउनुभयो । वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्यचौकी भवन निर्माण भएको बताउनुभयो ।
ती भवन रु एक करोड १० लाखको लागतमा निर्माण भएका हुन् । वडाध्यक्ष मिश्राले वडा कार्यालयसँगै निर्माण भएको स्वास्थ्यचौकी भवनले एउटै ठाउँबाट वडावासीले सेवा पाउन सहज हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस