आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक


  • आक्रमण न्युज
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित २ साल अघि
  • ३५२ पाठक संख्या
  • आषाढ १, २०८१
    बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१(८२ को बजेट सार्बजनिक गरिएको छ ।
    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१र८२ को बजेट सार्बजनिक गरेका हुन् ।
    अर्थमन्त्री आचार्यले चालु आवको भन्दा एक अर्ब ५१ करोडले कम बजेट ल्याएका छन् । उनले ३८ अर्ब ९७ करोडको बजेट ल्याएका हुन् । जसमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रहेको छ भने पुँजीगततर्फ २४ अर्ब ५८ करोडको बजेट रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट