आज: २०८३ आश्विन २०, मंगलबार | Tue, 06, Oct, 2026

उत्तम जोशीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता


  • आक्रमण न्युज
  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित ६ घण्टा अघि
  • ३० पाठक संख्या
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा वागमती प्रदेश सांसद तथा पुर्वमन्त्री उत्तम जोशीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    जोशीले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    प्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका जोशीले आफ्नो राजनीतिक यात्राका क्रममा चितवनको विकास, समृद्धि र जनताका सवाललाई प्राथमिकता सहित काम गर्दै आएका छन् ।

    उम्मेदवारी दर्तापछि जोशीले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गरी सहयोग गर्न आग्रह गरेका छन्।
    १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहँदा जोशीको उम्मेदवारीलाई चितवनको प्रतिनिधित्व र युवा नेतृत्वको बहससँग जोडेर हेरिएको छ।

    जोशीले पार्टीभित्रको संगठन सुदृढीकरणसँगै जनताको अपेक्षा र मुलुकको समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑