
सापकोटा पक्राउ परेपछि प्रहरीले बरामद गरेका उनका दुई मोबाइल फोन फरेन्सिक परीक्षणअघि कुमार बेनको निवासमा दुई दिनसम्म राखिएको र त्यस अवधिमा सामाजिक सञ्जाल चलाइएको तथा केही सन्देश मेटिएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार सार्वजनिक भएको थियो।



‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’ को संयुक्त आयोजनामा भएको मार्चमा सहभागीहरूले कुमार बेनविरुद्ध नाराबाजी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।
यसअघि जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले कुमार ब्यञ्जनकारविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीसमेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस