
काठमाडौं । नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।



वेबसाइट र अनलाइन सेवा कहिलेसम्म बन्द रहने भन्ने केही खुलाइएको छैन । ‘नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई पर्नसक्ने असुविधाका लागि क्षमाप्रार्थी छौ,’ प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि पनि बेलाबेलामा प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध हुने गरेको छ । दसैंभरि नेपाल सरकारका एक हजारभन्दा बढी वेबसाइट बन्द भएका थिए । साइबर आक्रमणको डरले सरकारले वेबसाइट बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस