Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ४, शुक्रबार | Fri, 20, Nov, 2026

कुमार बेनमाथि अनुसन्धानकाे माग गर्दै माइतीघरमा जेनजीको मार्च


  • आक्रमण न्युज
  • २०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित १0 घण्टा अघि
  • २८ पाठक संख्या
  • काठमाडौं । बिचौलिया इनम सापकोटाको फोन प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले अनधिकृत रूपमा नियन्त्रणमा लिएको विरोध गर्दै जेनजी समूहले शुक्रबार माइतीघरमा ‘ट्रान्सपरेन्सी मार्च’ आयोजना गरेका छन् ।

    सापकोटा पक्राउ परेपछि प्रहरीले बरामद गरेका उनका दुई मोबाइल फोन फरेन्सिक परीक्षणअघि कुमार बेनको निवासमा दुई दिनसम्म राखिएको र त्यस अवधिमा सामाजिक सञ्जाल चलाइएको तथा केही सन्देश मेटिएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार सार्वजनिक भएको थियो।

    ‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’ को संयुक्त आयोजनामा भएको मार्चमा सहभागीहरूले कुमार बेनविरुद्ध नाराबाजी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।

    यसअघि जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले कुमार ब्यञ्जनकारविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीसमेत दिएका थिए ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑