
काठमाडौं । एकदिवसीय फर्म्याटको एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपाललाई पहिलो सफलता हात परेको छ ।



भारतको ‘ए’ टोलीसँग टस जितेर पहिले बलिङ गरेको नेपालले पाँच ओभरमै पहिलो सफलता हासिल गरेको हो ।
नेपालका लागि पहिलो विकेट नन्दन यादवले लिएका छन् । उनले अभिषेक शर्मालाई आउट गरेका हुन् । शर्मा १३ बलमा नौ रन बनाएर आउट भए । अहिले वैभव सूर्यवंशी र आयुष बोडानी क्रिजमा छन् । भारतले ६ ओभरमा ३५ रन बनाएको छ ।


प्रतिक्रिया दिनुहोस