
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ ।



नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंक घटेर २६२१.२९ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स ०.३१ अंक, सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०७ अंक बढेको छ।
१३ मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । आज बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार तीन अर्ब ८७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आन ३५२ स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको एक करोड ६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ग्लोबल आइएमई बैंकको २० करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।
आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ५.१४ प्रतिशत बढेको छ। भूगोल इनर्जीको डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी र अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशभन्दा कम रहेको छ।


प्रतिक्रिया दिनुहोस