Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट


  • आक्रमण न्युज
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित ५ घण्टा अघि
  • ४ पाठक संख्या
  • काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ऋणात्मक बन्द भएको छ। गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेमा आज भने झिनो सुधार देखिएको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२६ अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५१ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ।

    १३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

    नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ। गत शुक्रबार तीन अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६० स्टकको ४२ हजार ८५४ पटकको कारोबारमा तीन अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको एक करोड ८ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज ग्लोबल आइएमई बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १३ करोड र एनआईसी एशिया बैंकको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

    आज मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य १०.५८ प्रतिशत बढेको छ। माउन्टेन हाइड्रो र बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑