
कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने तयारीकासाथ निर्माणकार्य भइरहेको छ। देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने आइएमई ग्रुपको अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको योजनाले साकार रूप लिने संघारमा आइपुगेको उनको भनाइ छ ।



प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ठूला पूर्वाधारको पर्खाइमा वर्षौँ बिताएको सुदूरपश्चिमका लागि यो आयोजना एक महत्वपूर्ण कोसेढुंगा साबित हुने आइएमई ग्रुपको विश्वास रहेको अध्यक्ष ढकालले बताए ।
कर्णाली पुल र चिसापानीको सौन्दर्य नियाल्न अहिले पनि उल्लेख्य संख्यामा आन्तरिक तथा सीमापारिका भारतीय पर्यटकहरू आउने गरेका छन्। केबलकार बन्ने खबरले मात्र पनि अहिले चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल दिनप्रतिदिन बढ्दो र स्थानीय निकै उत्साहित देखिएको उनले बताए ।
ढकालका अनुसार आयोजनाको टप (माथिल्लो) तथा बटम (तल्लो) स्टेसनका धेरै संरचनाहरू तयार भइसकेका छन्। गुरुयोजनाअनुसारका स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरजस्ता अन्य संरचनाहरू पनि क्रमश: तयार हुँदै छन्।
केबलकार सञ्चालनपछि पर्यटकको बसाइ बढ्दै जाँदा स्थानीय यातायात, साना व्यवसाय र कृषि उपजले आफ्नै आँगनमा दिगो बजार पाउने, स्थानीय युवाले आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा वैदेशिक रोजगारीको बाध्यता कम भई स्थानीयको जीवनस्तर उकासिने र राज्यको राजस्वमा समेत महत्वपूर्ण योगदान पुग्ने ढकालको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस