आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै


  • आक्रमण न्युज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ३६० पाठक संख्या
  • एजेन्सी असार २६, –

    युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको सिग्लन इडुना पार्कमा शुरु हुनेछ ।

    इङ्गल्यान्डले स्विट्जरल्यान्डलाई हराएर र नेदरल्यान्ड्सले टर्कीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग आउँदो आइतवार खेल्नेछ ।

    गएराति भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो । खेलको आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट