आज: २०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

मुस्कान जीवन समूहको साधारण सभा सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ आश्विन १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ९०८ पाठक संख्या
  • शंकर चिमरिया

    समाज सुधारका लागि युवाको सक्रियता भन्ने नाराका साथ स्थापित मुस्कान जीवन समूहको तेस्रो वार्षीक साधारण सभा तथा पहिलो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।
    आजिवन र साधारण सदस्य गरि ७५ भन्दा बढि सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रम संस्था का अध्यक्ष घनश्याम ढकाल प्रेमको अध्यक्षमा सोहि संस्थाका सचिव विजय शर्माले सञ्चालन गरेका थिए ।उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २६ का जनप्रतिनिधि प्रकाश सुवेदी ,सावित्री कोइराला ढकाल ईलाका प्रहरी कार्यलय चनौली का कार्यालय प्रमुख बिक्रम रिजाल, मिलन क्लब तथा शशिनगर मा.वि. का व्यवस्थापन समितिका अध्यक्ष टुक मान गुरुङ्ग ,मनकामना नमुना टोल विकास संस्थाका अध्यक्ष राम धिताल, कालिका मन्दिरका अध्यक्ष दुर्गा प्रसाद अधिकारीको उपस्थिती रहेको थियो ।
    साधरणसभाले घनश्याम ढकाल प्रेमको संयोजकत्वमा ०९ सदस्यीय कार्यसमिती समिति साथै राजेन्द्र राज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑