आज: २०८३ आश्विन २१, बुधबार | Wed, 07, Oct, 2026

विदेशबाट फर्किएर मोबाइल पसल खोल्दै पण्डित


  • आक्रमण न्युज
  • २०८३ आश्विन २१, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • १० पाठक संख्या
  • घटस्थापनादेखि हाकिमचोकमा ‘मोबाइल चौतारी’

    चितवन । भरतपुर महानगरपालिका–१०, हाकिमचोकमा ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा आउने भएको छ। हाकिमचोकस्थित मालिका मन्दिर नजिकै दशैंको घटस्थापनाका दिनदेखि सञ्चालनमा आउने पसलमा उद्घाटनको अवसरमा ग्राहकका लागि आकर्षक उपहारको समेत व्यवस्था गरिएको सञ्चालक दिनेश पण्डितले जानकारी दिए। शुभारम्भको अवसरमा ग्राहकका लागि विशेष ‘स्क्र्याच एन्ड विन’ अफरसमेत राखिएको छ।

    उक्त अफरअन्तर्गत ग्राहकले सुन, नगद, एयरपड, हेडफोन, पावर बैंक, स्मार्ट घडी, टेलिभिजन तथा मोबाइललगायतका उपहार जित्न सक्नेछन।पण्डितका अनुसार ‘मोबाइल चौतारी’मा नयाँ तथा पुराना मोबाइल बिक्रीसँगै मोबाइलसम्बन्धी विभिन्न सेवा र मोबाइल एक्सेसरीज उपलब्ध हुनेछ ।

    ग्राहकको आवश्यकता र बजेटअनुसार नेपालमा उपलब्ध विभिन्न ब्रान्डका मोबाइल तथा एक्सेसरीज सुपथ मूल्यमा उपलब्ध गराउने उनले बताए। मोबाइल मर्मतका लागि विशेषज्ञ प्राविधिकसहित पाँच जनाले ‘मोबाइल चौतारी’मा रोजगारीसमेत पाउनेछन ।


    वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा काम गरेर नेपाल फर्किएका पण्डितले नेपाल आएर मोबाइल क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई व्यवसायमा रूपान्तरण गर्दै ‘मोबाइल चौतारी’ सञ्चालनमा ल्याउन लागेका हुन ।

    ‘मोबाइल क्षेत्रमा लामो समय काम गरेपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ,’ पण्डितले भने, ‘ग्राहकलाई मोबाइल खरिदसँगै भरपर्दो मर्मत सेवा र आवश्यक एक्सेसरीजसमेत एउटै ठाउँबाट सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ।’

    उनका अनुसार पसलमा मोबाइल खरिद गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा, मोबाइलसम्बन्धी परामर्श तथा आवश्यक प्राविधिक सेवामा समेत प्राथमिकता दिइनेछ। दशैंको अवसर पारेर व्यवसाय सुरु गर्न लागेकाले उद्घाटनको समयमा विशेष छुट तथा अन्य अफरसमेत सार्वजनिक गर्ने तयारी रहेको सञ्चालक पण्डितले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑