आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

लुम्बिनी सहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना


  • आक्रमण न्युज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६३५ पाठक संख्या
  • बैशाख ११ काठमाण्डौ , – आज लुम्बिनी प्रदेश सहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले लुम्बिनी, कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य भन्दा बढी हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ सहित बाग्मती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् संजिव अधिकारीले जानकारी दिनुभयो ।

    यसैबीच, केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

    तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट