
नेपाली राजनीतिमा बालेन शाहको उदय आफैँमा नेपाली राजनीतिमा बालेन शाहको उदय आफैँमा असामान्य राजनीतिक घटना हो । लामो समयसम्म स्थापित दल र तिनका पुराना नेताले राजनीति कब्जा गरिरहेको अवस्थामा गैरपरम्परागत पृष्ठभूमिबाट आएका व्यक्तिले पहिले काठमाडौं महानगरपालिकाको नेतृत्वमा आफूलाई स्थापित गरे र त्यसपछि संघीय राजनीतिमा निर्णायक शक्ति बने ।
उनको उदयसँगै नेपाली समाजमा ठूलो आशा पनि जन्मियो– अब राजनीति गर्ने तरिका बदलिन्छ, सरकार चलाउने शैली बदलिन्छ र वर्षौँदेखि जनताले भोग्दै आएको राजनीतिक निराशाको अन्त्य हुन्छ । बालेन शाहको सबैभन्दा ठूलो राजनीतिक पुँजी यही आशा हो । तर, प्रधानमन्त्री बनेपछि उनको कार्यशैलीलाई नजिकबाट नियाल्दा मनमा अर्कै प्रश्न उठ्न थालेको छ– बालेनले साँच्चै नयाँ राजनीतिक संस्कार निर्माण गर्न खोजेका हुन् वा पुरानो पञ्चायती शैलीलाई ‘रिब्रान्डिङ’ गरेर बेच्दै छन् ? यसै प्रश्नसँग जोडिएर अहिले ‘बालेन महेन्द्रपथमा हिँड्न खोजेका हुन् ?’ भन्ने बहस सुरु भएको छ । विभिन्न राजनीतिक दलका नेताहरूले मात्र होइन, स्वयम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसदहरूले समेत प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न गरिरहेका छन् । राष्ट्रिय राजनीतिमा होस् वा विपत्तिमा वा भन्नुस् कूटनीतिक क्षेत्रमा, प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सडकदेखि सदनसम्म प्रश्न उठिरहेकै छ ।
उनको कार्यशैली, निर्णय लिने तौरतरिका र सांस्कृतिक हाउभाउलाई लिएर के बालेन नेपालका पूर्वराजा महेन्द्र शाहको राजनीतिक मार्ग वा शैली (महेन्द्रपथ) पछ्याइरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ । यो प्रश्न सुन्नासाथ बालेन शाहलाई राजा महेन्द्रसँग तुलना गर्न खोजिएको अर्थ लाग्न सक्छ । तर, राजा महेन्द्रको समय र अहिलेको गणतान्त्रिक व्यवस्था बिल्कुलै भिन्न छ । त्यतिबेला राजतन्त्र थियो, अहिले गणतन्त्र छ । त्यतिबेला दलमाथि प्रतिबन्ध लगाएर निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरिएको थियो, अहिले बहुदलीय अभ्यास लोकतान्त्रिक संविधानको मूल आधारस्तम्भ हो । त्यसैले बालेनलाई महेन्द्रकै प्रतिरूप भन्नु राजनीतिक र ऐतिहासिक दुवै हिसाबले उचित हुँदैन । प्रधानमन्त्रीले व्यक्ति वा प्रशासनिक संयन्त्र मात्र होइन, संसद्, विपक्षी राजनीतिक दल, संवैधानिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार र अन्तर्राष्ट्रिय सम्बन्धसमेत सम्हाल्नुपर्छ । तर, बालेनको राजनीतिक कार्यशैली बुझ्न उनको उदयको राजनीतिक इतिहास बुझ्नुपर्छ ।
उनी पुराना राजनीतिक दलको संगठन, आन्दोलन र लामो राजनीतिक इतिहासबाट आएका नेता होइनन् । उनी मूलतः पुराना राजनीतिक दलप्रतिको जनताको असन्तुष्टिको गर्भबाट उदाएका नेता हुन् । काठमाडौं महानगरपालिकामा मेयर हुँदा उनले परम्परागत राजनीतिक भाषाभन्दा फरक भाषा प्रयोग गरे । काम गर्न ढिला गर्ने, निर्णय लिन डराउने र हरेक विषयलाई राजनीतिक सहमतिको नाममा लम्ब्याउने प्रवृत्तिप्रति उनले खुलेर असन्तुष्टि जनाए ।
धेरै अवस्थामा उनले ‘पहिले काम गरौँ, बाँकी कुरा पछि हेरौँ’ भन्ने शैली अपनाए । यसैकारण धेरै मानिसलाई उनको शैली मन पर्यो । तर, स्थानीय सरकार र संघीय सरकारबीच ठूलो फरक हुन्छ । महानगरको नेतृत्व गर्दा जुन प्रकारको निर्णय क्षमता प्रभावकारी देखिन्छ, प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि त्यही शैलीले परिणाम नदिन सक्छ । प्रधानमन्त्रीले व्यक्ति वा प्रशासनिक संयन्त्र मात्र होइन, संसद्, विपक्षी राजनीतिक दल, संवैधानिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार र अन्तर्राष्ट्रिय सम्बन्धसमेत सम्हाल्नुपर्छ । यसै विषयमा उनको कार्यशैलीलाई लिएर प्रश्न उठेको हो । उनी जुन दलबाट प्रधानमन्त्री बने त्यही दल र त्यसको नेतृत्वसँग उनको सम्बन्ध कस्तो छ ? यो आफैँमा रोचक छ । उनी पार्टीका वरिष्ठ नेता मात्र होइनन्, संसदीय दलका नेता पनि हुन् । त्यसैले पार्टीसँग उनको सम्बन्ध सामान्य प्रधानमन्त्री र पार्टी अध्यक्षसँगको सम्बन्धमा सीमित हुन सक्दैन । संसदीय दलको नेता भएपछि सांसदहरूसँग नियमित संवाद गर्नु, पार्टीका बैठकमा सहभागी हुनु र सरकारका महत्त्वपूर्ण निर्णयबारे पार्टीभित्र छलफल गर्नु उनको राजनीतिक जिम्मेवारी हो । तर, बालेन हालसम्म पार्टी बैठक वा संसदीय दलको बैठकमा सक्रिय सहभागी भएको देखिँदैन । बाहिरबाट हेर्दा लाग्छ– उनको प्राथमिकता पार्टीको आन्तरिक राजनीतिक प्रक्रियाभन्दा सरकारको प्रत्यक्ष सञ्चालनमा बढी केन्द्रित छ । सरकार चलाउँदा प्रधानमन्त्रीले पार्टीको कुरा सुन्नैपर्छ भन्ने छैन भन्ने तर्क पनि गर्न सकिन्छ । प्रधानमन्त्री राज्यको प्रमुख कार्यकारी भएकाले उसले देशको हितमा निर्णय गर्नुपर्छ, पार्टीको हितमा मात्र होइन ।
यो कुरा सही छ । तर, पार्टीसँग अन्तरसंवाद गर्नु भनेको पार्टीको आदेश मान्नु होइन । संसदीय दलको बैठकमा आफ्ना सांसदसँग छलफल गर्नु भनेको सांसदहरूले भनेको मान्नैपर्छ भन्ने होइन । प्रधानमन्त्रीले विपक्षी नेताहरूसँग भेट्नुपर्छ, उनीहरूको कुरा सुन्नुपर्छ र राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउने प्रयास गर्नुपर्छ । सबै विषयमा सहमति सम्भव हुँदैन, तर असहमतिबीच पनि संवाद सम्भव हुन्छ । राजनीतिक दल भनेको विविधताबीच एकता हुनेहरूको समुच्चय रूप हो । व्यक्तिको निर्णय क्षमताभन्दा सामूहिक निर्णय क्षमतामा दीर्घजीवन हुन्छ भनेरै दलका बैठकहरूमा सामूहिक छलफल गर्ने परम्परा विकसित भएको हो । कुनै पनि निर्णयमा एक–एक व्यक्तिको मतको प्रतिनिधित्व होस् भन्नका लागि सामूहिक निर्णय प्रक्रियालाई अघि बढाइने हो ।
यसले कुनै पनि निर्णयलाई राजनीतिक वैधता प्रदान गर्छ । सामूहिक निर्णय प्रक्रिया भनेको आफ्नो अधिकार अरूलाई सुम्पनका लागि होइन । प्रधानमन्त्री र पार्टीबीच नियमित संवाद भए संसद्मा सरकारको उपस्थिति बलियो हुन्छ । त्यसैले पार्टीसँग दूरी राखेर बलियो प्रधानमन्त्री बन्न सकिन्छ भन्ने सोच आफैँमा सही नहुन सक्छ । असामान्य राजनीतिक घटना हो । लामो समयसम्म स्थापित दल र तिनका पुराना नेताले राजनीति कब्जा गरिरहेको अवस्थामा गैरपरम्परागत पृष्ठभूमिबाट आएका व्यक्तिले पहिले काठमाडौं महानगरपालिकाको नेतृत्वमा आफूलाई स्थापित गरे र त्यसपछि संघीय राजनीतिमा निर्णायक शक्ति बने । उनको उदयसँगै नेपाली समाजमा ठूलो आशा पनि जन्मियो– अब राजनीति गर्ने तरिका बदलिन्छ, सरकार चलाउने शैली बदलिन्छ र वर्षौँदेखि जनताले भोग्दै आएको राजनीतिक निराशाको अन्त्य हुन्छ ।
बालेन शाहको सबैभन्दा ठूलो राजनीतिक पुँजी यही आशा हो । तर, प्रधानमन्त्री बनेपछि उनको कार्यशैलीलाई नजिकबाट नियाल्दा मनमा अर्कै प्रश्न उठ्न थालेको छ– बालेनले साँच्चै नयाँ राजनीतिक संस्कार निर्माण गर्न खोजेका हुन् वा पुरानो पञ्चायती शैलीलाई ‘रिब्रान्डिङ’ गरेर बेच्दै छन् ? यसै प्रश्नसँग जोडिएर अहिले ‘बालेन महेन्द्रपथमा हिँड्न खोजेका हुन् ?’ भन्ने बहस सुरु भएको छ । विभिन्न राजनीतिक दलका नेताहरूले मात्र होइन, स्वयम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसदहरूले समेत प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न गरिरहेका छन् । राष्ट्रिय राजनीतिमा होस् वा विपत्तिमा वा भन्नुस् कूटनीतिक क्षेत्रमा, प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सडकदेखि सदनसम्म प्रश्न उठिरहेकै छ ।
उनको कार्यशैली, निर्णय लिने तौरतरिका र सांस्कृतिक हाउभाउलाई लिएर के बालेन नेपालका पूर्वराजा महेन्द्र शाहको राजनीतिक मार्ग वा शैली (महेन्द्रपथ) पछ्याइरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ । यो प्रश्न सुन्नासाथ बालेन शाहलाई राजा महेन्द्रसँग तुलना गर्न खोजिएको अर्थ लाग्न सक्छ । तर, राजा महेन्द्रको समय र अहिलेको गणतान्त्रिक व्यवस्था बिल्कुलै भिन्न छ । त्यतिबेला राजतन्त्र थियो, अहिले गणतन्त्र छ । त्यतिबेला दलमाथि प्रतिबन्ध लगाएर निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरिएको थियो, अहिले बहुदलीय अभ्यास लोकतान्त्रिक संविधानको मूल आधारस्तम्भ हो । त्यसैले बालेनलाई महेन्द्रकै प्रतिरूप भन्नु राजनीतिक र ऐतिहासिक दुवै हिसाबले उचित हुँदैन । प्रधानमन्त्रीले व्यक्ति वा प्रशासनिक संयन्त्र मात्र होइन, संसद्, विपक्षी राजनीतिक दल, संवैधानिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार र अन्तर्राष्ट्रिय सम्बन्धसमेत सम्हाल्नुपर्छ । तर, बालेनको राजनीतिक कार्यशैली बुझ्न उनको उदयको राजनीतिक इतिहास बुझ्नुपर्छ ।
उनी पुराना राजनीतिक दलको संगठन, आन्दोलन र लामो राजनीतिक इतिहासबाट आएका नेता होइनन् । उनी मूलतः पुराना राजनीतिक दलप्रतिको जनताको असन्तुष्टिको गर्भबाट उदाएका नेता हुन् । काठमाडौं महानगरपालिकामा मेयर हुँदा उनले परम्परागत राजनीतिक भाषाभन्दा फरक भाषा प्रयोग गरे । काम गर्न ढिला गर्ने, निर्णय लिन डराउने र हरेक विषयलाई राजनीतिक सहमतिको नाममा लम्ब्याउने प्रवृत्तिप्रति उनले खुलेर असन्तुष्टि जनाए । धेरै अवस्थामा उनले ‘पहिले काम गरौँ, बाँकी कुरा पछि हेरौँ’ भन्ने शैली अपनाए । यसैकारण धेरै मानिसलाई उनको शैली मन पर्यो । तर, स्थानीय सरकार र संघीय सरकारबीच ठूलो फरक हुन्छ ।
महानगरको नेतृत्व गर्दा जुन प्रकारको निर्णय क्षमता प्रभावकारी देखिन्छ, प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि त्यही शैलीले परिणाम नदिन सक्छ । प्रधानमन्त्रीले व्यक्ति वा प्रशासनिक संयन्त्र मात्र होइन, संसद्, विपक्षी राजनीतिक दल, संवैधानिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार र अन्तर्राष्ट्रिय सम्बन्धसमेत सम्हाल्नुपर्छ । यसै विषयमा उनको कार्यशैलीलाई लिएर प्रश्न उठेको हो । उनी जुन दलबाट प्रधानमन्त्री बने त्यही दल र त्यसको नेतृत्वसँग उनको सम्बन्ध कस्तो छ ? यो आफैँमा रोचक छ । उनी पार्टीका वरिष्ठ नेता मात्र होइनन्, संसदीय दलका नेता पनि हुन् । त्यसैले पार्टीसँग उनको सम्बन्ध सामान्य प्रधानमन्त्री र पार्टी अध्यक्षसँगको सम्बन्धमा सीमित हुन सक्दैन । संसदीय दलको नेता भएपछि सांसदहरूसँग नियमित संवाद गर्नु, पार्टीका बैठकमा सहभागी हुनु र सरकारका महत्त्वपूर्ण निर्णयबारे पार्टीभित्र छलफल गर्नु उनको राजनीतिक जिम्मेवारी हो । तर, बालेन हालसम्म पार्टी बैठक वा संसदीय दलको बैठकमा सक्रिय सहभागी भएको देखिँदैन ।
सरकार चलाउँदा प्रधानमन्त्रीले पार्टीको कुरा सुन्नैपर्छ भन्ने छैन भन्ने तर्क पनि गर्न सकिन्छ । प्रधानमन्त्री राज्यको प्रमुख कार्यकारी भएकाले उसले देशको हितमा निर्णय गर्नुपर्छ, पार्टीको हितमा मात्र होइन । यो कुरा सही छ । तर, पार्टीसँग अन्तरसंवाद गर्नु भनेको पार्टीको आदेश मान्नु होइन । संसदीय दलको बैठकमा आफ्ना सांसदसँग छलफल गर्नु भनेको सांसदहरूले भनेको मान्नैपर्छ भन्ने होइन । प्रधानमन्त्रीले विपक्षी नेताहरूसँग भेट्नुपर्छ, उनीहरूको कुरा सुन्नुपर्छ र राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउने प्रयास गर्नुपर्छ । सबै विषयमा सहमति सम्भव हुँदैन, तर असहमतिबीच पनि संवाद सम्भव हुन्छ । राजनीतिक दल भनेको विविधताबीच एकता हुनेहरूको समुच्चय रूप हो ।
व्यक्तिको निर्णय क्षमताभन्दा सामूहिक निर्णय क्षमतामा दीर्घजीवन हुन्छ भनेरै दलका बैठकहरूमा सामूहिक छलफल गर्ने परम्परा विकसित भएको हो । कुनै पनि निर्णयमा एक–एक व्यक्तिको मतको प्रतिनिधित्व होस् भन्नका लागि सामूहिक निर्णय प्रक्रियालाई अघि बढाइने हो । यसले कुनै पनि निर्णयलाई राजनीतिक वैधता प्रदान गर्छ । सामूहिक निर्णय प्रक्रिया भनेको आफ्नो अधिकार अरूलाई सुम्पनका लागि होइन । प्रधानमन्त्री र पार्टीबीच नियमित संवाद भए संसद्मा सरकारको उपस्थिति बलियो हुन्छ,पार्टीसँग दूरी राखेर बलियो प्रधानमन्त्री बन्न सकिन्छ भन्ने सोच आफैँमा सही नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस