आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


  • आक्रमण न्युज
  • २०८१ श्रावण २३, बुधबार मा प्रकाशित २ साल अघि
  • ७२७ पाठक संख्या
  • श्रावण २३, २०८१
    खोटाङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका(४ जलेश्वरी सुन्तलाबोटे बस्ने ३२ वर्षीय नरेश भन्ने शुसील खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    खत्रीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई गत वैशाख २५ गते रातिदेखि गत जेठ ३२ गते रातिसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    जिल्ला अदालत खोटाङबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट