आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी


  • आक्रमण न्युज
  • २०८१ पौष १९, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • १९५ पाठक संख्या
  • पौष २०, २०८१
    काठमाडौं । डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७ वर्षीय सुजित मिजार रहेका छन्।
    पुस ३ गते दमक नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बरालबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीको टोलीले मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको हो।
    अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार डलर साट्ने बहानामा बराललाई मिजारले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए।
    त्यहाँ पुगेपछि मिजारले रुमालले बेरेको पैसा आकारको बिटो देखाएर पाँच लाख रुपैयाँ लिए । मिजार हिँडेपछि रुमाल फुकाल्दा बरालले पैसाको आकारमा काटिएको कागजको बिटो मात्रै भेटे।
    त्यसपछि बराल प्रहरीमा गुनासो गर्दै पुगेका थिए । मिजारलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट