आज: २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३१, सोमबार मा प्रकाशित ९ महिना अघि
  • २४५ पाठक संख्या
  • वैशाख ३१, २०८१
    काठमाडौं । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका(२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका(२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन् । उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
    प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ। क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे ।
    अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ।
    यी तिनै जना नयाँदिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी गर्ने गर्थे। उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए।
    शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने । त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए ।
    ‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने ।
    अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ ।
    तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे ।
    ‘उनीहरूले पीडितहरू अमेरिका प्रवेकलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने । पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट