आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

भरतपुर अस्पतालमा खुकुरी नेपालका कर्मचारीमाथि अन्याय ? पुराना कर्मचारी हटाउने तयारीविरुद्ध आन्दोलित


  • आक्रमण न्युज
  • २०८२ अषाढ २१, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ६९८ पाठक संख्या
  • एलिशा तिमिल्सिना 

    चितवन । विगत लामो समयदेखि भरतपुर अस्पतालमा कार्यरत खुकुरी नेपाल सेक्युरिटी कम्पनीका कर्मचारीहरू फेरि पनि अन्यायको चपेटामा पर्ने अवस्था देखिएको छ। अस्पताल प्रशासनले पुराना कर्मचारीहरूलाई हटाएर नयाँ कर्मचारीहरुको टोली भित्र्याउने तयारी गरिरहेको खुलासा भएपछि, पीडित कर्मचारीहरू आन्दोलित भएका छन्।

    शनिबार भरतपुर अस्पताल प्रतिष्ठान समिति अन्तर्गत नेपाल आउटसोर्स श्रमिक संगठन चितवनको आयोजनामा आयोजित विरोध सभामा सयौँ पिडित कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्द प्रसाद अर्याल, एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका इन्चार्जले भन्नु भयो पुराना कर्मचारीलाई हटाएर नयाँ ल्याउने गोप्य तयारी गरिएको भन्ने सुन्नमा आएको छ, जुन पूर्ण रूपमा अस्वीकार्य छ।

    उहाँले थप्नुभयो  खुकुरी नेपालका कर्मचारीहरू वर्षौंदेखि ईमानदारिता र निष्ठापूर्वक कार्यरत छन्। उनीहरूलाई विना कारण हटाउनु अन्यायपूर्ण हुनेछ। यदि प्रशासनले उनीहरूलाई यथावत राख्ने प्रतिबद्धता नजनाएमा सशक्त आन्दोलन अपरिहार्य हुनेछ।

    कार्यक्रमका विशिष्ट अतिथि उदय चन्द्र अर्याल र अशोक थापा दुवैले अस्पताल प्रशासनलाई चेतावनी दिँदै भन्नुभयो पुराना कर्मचारी हटाउने योजनाले श्रमिकहरूको भविष्य अन्धकारमय बनाउनेछ। यस्ता गतिविधि तत्काल बन्द गरिनुपर्छ।
    त्यस्तै अन्य अतिथिहरू टिकाराम पौडेल,(केन्दिय अध्यक्ष्र नेपाल औद्योगिक मजदुर संगठन), केशव पोखरेल (नेकपा एस उपसचिव, जिल्ला चितवन), केदार सुवेदी (जिल्ला सदस्य, नेकपा एस), सूर्य गिरी, कमला न्यौपाने, संजिता थापा, धनकुमारी अधिकारी, गोपाल प्रसाद तिवारीलगायतले पनि आफ्ना धारणा राख्दै श्रमिकमाथिको अन्याय खत्तम पार्न सम्पूर्ण युनियनहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा अमृत कुमार चेपाङ, सुनिता विक, सुनमायाँ ढकाललगायत सयौँ पीडित कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रुकुमबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

    उहाँले निष्कर्षमा भन्नु भयो हामी आन्दोलनको तयारीमा छौँ, श्रमिकमाथि कुनै पनि अन्याय सह्य हुने छैन । अस्पताल प्रशासनले सम्वादको बाटो रोजेमा हामी तयार छौँ, अन्यथा संघर्ष तिव्र बनाइनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट