आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

रैथाने बाली उत्पादन प्रविधि सम्बन्धि ३ दिने तालिम सुरू


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६३८ पाठक संख्या
  • जेठ ३ बाँके – रैथाने बाली उत्पादन प्रविधि सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । बैजनाथ गाउँपालिका बाँकेको आयोजना र आर्थिक सहयोगमा ३ दिने दिने तालिम सुरु भएको हो ।

    रैथाने बालीको जगेर्ना गर्दै ब्यवसायीक तरकारी खेती प्रर्बद्धन गर्ने उद्देश्यले कृषकहरुलाई तालिम दिन थालिएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनु भयो ।

    बैजनाथ गाउँपालिकामा ७० प्रतिशत किसान कृषिमा आवद्ध भएको हुदा पालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । समग्र किसानलाई समेटेर पालिकालाई नै कृषिमा आत्मा निर्भर बनाउने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालोकाका प्रमुख प्रशासकीय अधिकृत विश्व राज ढकालले कृषिलाई पहिलो प्राथमिकता दिइने बताउदै ३ दिने तालिममा सक्रिय सहभागी हुन अनुरोध गर्नु भएको छ ।

    उक्त कार्यक्रमको प्रकाश पार्दै बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले कृषकलाई कुन समयमा कस्तो खालको खेति गर्दा उपयुक्त हुन्छ भनेर जानकारी दिने र कृषिलाई आधुनिकिरण गर्नको लागि तालिम संचालन गरएको जानकारी दिनु भयो ।

    परम्परागत रूपमा कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिने जानकारी दिदै उच्च खडेरी र चिसो तथा मलजल कम भए पनि यस्ता बालीबाट उत्पादन लिन सकिने कृषि शाखा प्रमुख विश्वकर्माले बताउनु भयो ।
    फापर, भटमास, कोदो स्थानीय जातका धान, गहुँ, मकै, स्थानीयस्तरमै पाइने विभिन्न प्रजातिका फलफुलहरू रैथाने बाली भित्र पर्ने कृषकहरूलाइ जानकारी दिनु भयो ।

    कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक प्रेम बहादुर शाहीले रैथाने बालीको माग बढि भएका कारण रैथाने बाली उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो । उक्त तालिममा बैजनाथ गाउँपालिका ८ वटै वडाका २घ जना वास्तविक किसान सहभागी रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट