आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

गाजाका अस्पताल तथा मानव बस्तीमा इजरायलको आक्रमण जारी


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित २ साल अघि
  • २५३ पाठक संख्या
  • एजेन्सी जेठ ९,- 

    इजरायली सेनाले गाजाका अस्पताल तथा मानव बस्तीमा आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा रहेको एक अस्पतालमा आक्रमण गर्दा बालबालिकासहितका नागरिक घाइते एका छन् । इजरायली सेनाले अस्पताल नजिकैको आवासीय क्षेत्रमा पनि बम आक्रमण गरेर ध्वस्त बनाएको छ ।

    इजरायलले निरन्तर आक्रमण गरिरहँदा गाजामा सहायता संस्थाहरूले पठाएका भनिएको पाँच सय ६९ टन मानवीय सहायता प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । त्यहाँ भोकै रहेका प्यालेस्टिनीलाई राहतमा आएका खाद्यान्न वितरण गर्नसमेत नसकिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

    संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले गाजामा मानवीय सहायताका सबै कार्यक्रम बन्द हुने चेतावनी दिँदै तत्काल ठूलो परिमाणमा खाद्यान्न नपुग्दा अनिकालको अवस्था आउने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट