आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मोदीको शपथ आज


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ४४५ पाठक संख्या
  • जेष्ठ २७, २०८१
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् ।
    मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह आइतबार साँझ ७स् १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
    मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् ।
    निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।
    नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आज बिहान दिल्लीतर्फ जाने भएका छन् ।
    केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।
    भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट