आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

केजरीवालको रिहाई फेरी अनिश्चित


  • आक्रमण न्युज
  • २०८१ अषाढ ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५६० पाठक संख्या
  • आषाढ ७, २०८१
    काठमाडौँ । भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २/३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ ।
    अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो । यसका साथै केजरीवाललाई दिइएको जमानतमा रोक लगाउन दायर गरिएको ईडी याचिकामा उच्च अदालतको निर्णय नभएसम्म अरविन्द केजरीवाल जेलबाट रिहा नहुने भएका छन् ।
    उच्च अदालतले मंगलबारसम्म ईडीको याचिकामा आफ्नो आदेश दिन सक्ने भारतीय मिडियाहरुले बताएका छन् । केजरीवाललाई मार्चमा कथित मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।
    सर्वोच्च अदालतले केजरीवाललाई आम चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएपछि उनी २१ दिन बाहिर बसेर २ जुनमा फेरि तिहाड जेल गएका थिए ।
    उनलाई राउज एभिन्यू अदालतले शुक्रबार साँझ जमानतमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध ईडीले दिल्ली उच्च अदालतमा याचिका दायर गरेपछि उनको रिहाई अनिश्चित बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट