आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

निकुञ्जका कर्मचारीको गोली लागेर निधन भएका तितुङको परिवारलाई क्षतिपूर्तिको माग


  • आक्रमण न्युज
  • २०८१ अषाढ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ५१० पाठक संख्या
  • आषाढ ९, २०८१
    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
    आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका हुन् ।
    उनले भनेका छन् राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रशन उठाउनु भएको छ । हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्तीक्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरुले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे ।
    उनले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताए ।
    उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट