
“हाम्रो ठाेरि राम्रो ठाेरि”का रुपमा परिचित रहेकाे ठोरीमा पछिल्लो समय स्थानीय पहिचानमाथि नै नकारात्मक असर पुग्ने गरी सञ्चालन भइरहेका केही होटल व्यवसायहरूले खुल्लामखुल्ला यौन धन्दा गर्दै आएकोप्रति ठोरी गाउँपालिका–४, आठघरेको महिला समूहले भाटे कारबाही सुरु गरेको छ । ठोरी–४, आठघरेमा अवस्थित एक होटलमा महिला समूह एक्कासी प्रवेश गरेर वेटरको नाममा राखिएको महिला यौनकर्मी र ग्राहक बनेर आएका भारतीय नागरिकलाई भाटे कारबाही गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ठोरी गाउँ पालिका क्षेत्रमा संचालनमा रहेका अधिकांश होटल व्यवसायहरूले यौन धन्दा सुरु गरेको , अमर्यादित कामका साथै लागू पदार्थको प्रयाेग बढेकाे,मदिरा जन्य पदार्थको प्रयोगका कारण हाेहल्ला बढेकाे जसका कारण साझ विहान खेत बारिमा अाउजाउमा समेत डरमर्दाे स्थिति अाएकाे विषयमा पटक पटक उजुरी गर्दा पनि प्रहरी प्रशासनले कुनै कारबाही नगरेको हुँदा महिला समूहहरूले मिलेर सामाजिक विकृतिको विरुद्धमा आफैं प्रतिकार गर्नुपरेको समूहले जनाएको छ ।समुहले अाजै गाउँ पालिका कार्यलयमा समेत पुगेर सुरक्षाको अपिल सहित कारवाहिकालागि खबरदारी समेत गरेका छन ।
यस्तो विकृति मौलाइरहेको अवस्थामा पनि प्रहरी प्रशासन कानमा तेल हालेको जस्तो गरी बस्नु रहस्यमय तथा आश्चर्यको कुरा भएको उनीहरूको भनाइ छ । स्थानीय सरकारले छिटोभन्दा छिटो यस्ता अखडाहरु बन्द गर्ने र सम्बन्धि सन्चालकहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने स्थानीयबासिकाे माग रहेकाे छ साथै महिला समूहले यो कार्यक्रम आफ्नै वडामा निरन्तर जारी राख्ने बताउँदै, अब स्थानीय प्रशासन निरिह बनेकाले प्रत्येक वडाका महिलाहरू जागरूक भएर ठोरी गाउँपालिकाबाट नै यो विकृति अन्त्य गर्न सबैलाई आह्वान समेत गरेका छन् ।
स्थानीय बासिन्दाहरूले यस्ता विकृतिले गाउँको सामाजिक संरचना, युवाहरूको आचरण र महिला सुरक्षामा नकारात्मक असर पार्ने भएकाले स्थानीय प्रहरी र जनप्रतिनिधिहरू यस विषयमा गम्भीरताका साथ लाग्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस