आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

भरतपुर वडा नम्बर १० को नेतृत्वमा लार्भा खोज र नष्ट अभियान


  • आक्रमण न्युज
  • २०८१ आश्विन ८, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • २७ पाठक संख्या
  • आश्विन ८, २०८१
    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० ले डेंगु रोगसम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको छ । वडा नम्बर १० अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य, टोल सुधार समिति, आमा समुह लगायतका सहभागितामा आज वडाको तीनवटा टोलमा उक्त अभियान सम्पन्न गरिएकाृ हो । वडाले बिहान भरतपुरको स्याउलीबजार, दुरसञ्चार रोड , चौबीसकोठीमा डेंगु सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान सम्पन्न गरेको थियो ।
    वडा अध्यक्ष खनालले डेंगुको जोखिम भएका होटल , घर, पसल लगायतका ठाउंँहरुमा गएर पानी जम्ने ठाउंँ, भांँडाकुडा, टायर तथा खाल्डोेहरुमा गएर लार्भा खोज र नष्ट गर्नुका साथै सचेत गराएको बताउनु भयो । ‘हामीले डेंगु बस्ने जोखिम र संभावित एरियामा गरेर सफा गर्ने , सचेत गरेर अभियान सम्पन्न गर्यौ, उहांँले भन्नुभयो, अन्य टोलमा पनि यस कार्यलाई निरन्तरता दिनेछौं ।’ पछिल्लो समय
    भरतपुरका अस्पतालमा डेंगुका विरामी अत्यधिक बढेको भन्दै यसको न्यूनिकरण र रोकथामका लागि अभियान शुरु गरिएको खनालको भनाई थियो । वडा अध्यक्ष खनालले लापरवाही र फोहर गर्ने केही होटल, रेष्टुरेण्टका व्यवसायी घर धनीलाई पहिलोपटक सचेत गराईएको र आगामी दिनमा सरसफाई नगरेमा कारवाही समेत गरिने बताउनुु भयो ।
    अभियानमा वडा सदस्य, रेशम थापा, अनिश लामा ,पार्वती नेपाली , वडाका कर्मचारी, टोल सुधारका प्रतिनिधि लगायत आमा समुहका प्रतिनिधिहरुको पनि सहभागिता थियो । वडाले यसअघि पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागि विभिन्न रचनात्मक तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट