आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

सडक दुर्घटनाबाट गम्भीर घाइते भएका एमाले चितवनका प्रमुख कार्यालय सहयोगी रामचन्द्र बर्तौलाको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ पौष ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४४४ पाठक संख्या
  • पौष ५, २०८१
    चितवन । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा एमाले पार्टी कार्यालय चितवनका प्रमुख सहयोगी एवम् एमाले संगठित सदस्य रामचन्द्र बर्तौलाको मृत्यु भएको छ ।
    बर्तौलाको आज दिउँसो न्युरो अस्पताल बासबारीमा मृत्यु भएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।
    चार दिन अगाडि रिजाल चोक नजिक सवारी दुर्घटनामा परी बर्तौला गम्भीर घाइते भएका थिए । बर्तौलालाई चितवन मेडिकल कलेज (सिएमसी) बाट थप उपचारका लागि काठमाण्डौँ लागिएको थियो ।
    बर्तौलाको शव भोलि बिहान १० बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर देवघाट लैजाने तयारी एमाले चितवनले गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट