आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५७५ पाठक संख्या
  • वैशाख ६, २०८१

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

    मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणमा भएका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको थियो। सो सङ्ख्या सुदूरपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन् ।

    सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गर्नुभएको थियो ।

    प्रदेश प्रमुख मियाँले बिहीबारनै मुख्यमन्त्री सोडारीलाई शपथग्रहण गराउनुहुने भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट