आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

गोरखाको वीरेन्द्र ताल फुट्यो : ठुलो बाढी, सामागाउँको पुल नै बगायो


  • आक्रमण न्युज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित ५ महिना अघि
  • ११८ पाठक संख्या
  • वैशाख ९,  २०८१

    गोरखा ।  गोरखाको उत्तरी चुमनुर्ब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । तालमा हिमपहिरो खसेको हो । हिमपहिरो आएर तालको पानी बगेर बाहिर अएको छ ।

    पानी बाहिर निस्किएर बाढीले एउटा पुल बगाएको प्रहरीले जानकारी दिएको छ । बाढीले पुल बगाएपछि साम्दु र सामागाउँ जाने बाटो नै बन्द भएको चुमनुर्ब्री गाउँपालिकाले जनाएको छ ।

    प्रहरीका अनुसार बाढीले क्षति पुर्याउन सक्ने भन्दै आरुघाट, धार्छे लगायतका स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । हिमपहिरोका कारण बुढी गण्डकीमा ठुलो बाढी आएको प्रहरीले जनाएको छ ।

    त्यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट