आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

गुणस्तरहीन चाउचाउ राखेको  चौधरी ग्रुपलाई भन्दै दुई लाख जरिवाना


  • आक्रमण न्युज
  • २०८१ बैशाख १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५५१ पाठक संख्या
  • काठमाण्डौ बैशाख १४, – गुणस्तरहीन चाउचाउ भेटिएपछि काठमाण्डौ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको हो ।

    गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाण्डौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।

    गएको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट