आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

वायु प्रदूषणले बालबालिका र महिलामा स्वास्थ्य जोखिम बढ्यो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ३५९ पाठक संख्या
  • एलिशा तिमिल्सिना

    चितवन , – वायु प्रदूषणका कारण बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।  सेभ द चिल्ड्रेन ले गरेको अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या बढेका छन् ।

    यस्ता बालबालिकाको वृत्ति विकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत घट्न थालेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ुसेभ द चिल्ड्रेनु का सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लामध्ये काठमाण्डौ र सप्तरीमा अध्ययन गरिएको बताउनुभयो ।

    यसैबीच आज बिहान पनि काठमाण्डौ उपत्यका विश्वका प्रदूषित शहरको पहिलो नम्बरमै रहेको छ । देशभर बढेको डढेलो र सुक्खा तथा धुलोका कारण केही दिनदेखि काठमाण्डौ उपत्यकासहितका शहरमा वायु प्रदूषण बढेको छ । अहिले पनि देशका एक सयभन्दा धेरै ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑