आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

आफैले बनाएको पेस्तोल पड्किँदा बाँकेमा १ जना घाइते


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ३६२ पाठक संख्या
  • वैशाख १६ बाँके, – युट्युब हेरी काठ र फलामबाट आफैले बनाएको घरेलु कटुवा पेस्तोल पड्किँदा १ जना घाइते भएका छन् । बाँके राप्तिसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने बर्ष १६ को सचिन थारु घाइते भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ।

    सचिनले हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्केर दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

    उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगंज बाँके पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    सचिनले बनाएको हतियार प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑