आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

श्रमिक दिवसमा विभिन्न कार्यक्रम गरीदैँ


  • आक्रमण न्युज
  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५२० पाठक संख्या
  •  वैशाख १८ बाँके -, श्रमिक दिवसमा बाँकेमा विविध कार्यक्रम हुने भएको छ । यही मे १ तारिख अर्थात १९ गते श्रमिक दिवसका दिन बाँकेमा विविध कार्यक्रम तय गरिएको हो ।

    दिवसका दिन नेपालगञ्जमा जिल्लास्तरीय कार्यक्रम तयारी गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले जनाएको छ । सो दिन नेपालगञ्जमा प्रभातफेरी, सभा जस्ता कार्यक्रम गरिने ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिकले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य एव नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, ट्रेड युनियन कांग्रेसका केन्द्रीय प्रतिनिधि महेन्द्र यादव, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको विशेष उपस्थिति रहनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट