आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

घरमा आगो लाग्दा धादिङको दम्पतीको ज्यान गयो


  • आक्रमण न्युज
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५०२ पाठक संख्या
  •  बैशाख २० चितवन – धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला भन्ने ठाउँको एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ ।

    गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको ज्यान गएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।

    आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडा पनि सबै जलेर नष्ट भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट