आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

फोर एच नेपालले नेपाल मन्थन राष्ट्रिय अभियान गर्दै


  • आक्रमण न्युज
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५३५ पाठक संख्या
  • वैशाख २० काठमाडौं , फोर एच नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा यस संस्थाले नेपाल मन्थन राष्ट्रिय अभियान थालनी गर्ने भएको छ । संस्थाका अध्यक्ष लोकराज अवस्थीका अनुसार नेपाल मन्थन अभियान यो बर्षभरी संचालन गरिने र यो अभयिान दश हजार भन्दाबढी युवासम्म पुग्ने जानकारी दिएका छन् ।

    अभियानको शुभारम्भ समारोहमा योजना आयोगका पूर्व उपाध्यक्ष डा।गोविन्दराज पोखरेल, कोशी प्रदेशका पूर्व उपाध्यक्ष एव बरिस्ठ अधिकारकर्मी सुबोध राज प्याकुरेल, कृषि बैज्ञानिक डा।देबेन्द्र गौचन, विद्यार्थी नेता प्रकाश शाही,अर्थविज्ञ अनिलकाजी बस्नेत र सञ्चारविज्ञ शिव लम्साल लगायतकाले नेपाल मन्थनको औत्यिताको बारेमा धारणा व्यक्त गरेका थिए ।

    नेपाल मन्थन कार्यक्रम जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता, युवा नेतृत्व विकास लगायत क्षेत्रमा अभियान संचालन गरिने संस्थाका अध्यक्ष अवस्थीले जानकारी दिए । अभियानले युवा, महिला, पछिपारिएका समुदाय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी तथा दलित समुदायलाई लक्षित गरिने समेत जनाएका छन् ।

    नेपाल मन्थन अभियना अन्तरगत यही असार पहिलो साता राष्ट्रिय युवा–विद्यार्थी कृषि सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा आयोजना गरिने संस्थाकी कार्यसमिति सदस्य मुना काप्रीले जानकारी दिए । कार्यक्रममा देशभरीका सबै विश्वविद्यालयहरुबाट लगभग २ सय युवा विद्यार्थीको सहभागिता रहने छ । यो कार्यक्रम २ दिनसम्म संचालन र युवा, कृषि, जलवायु परिवर्तन तथा नीति निर्माणमा युवाको सहभागिता लगायतका विषयमा मन्थन गरिने काप्रीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट