आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आगलागी र डढेलोबाट कृषि क्षेत्रमा भएको क्षतितर्फ गम्भीर बन्न सरकारलाई आयोगको ध्यानाकर्षण


  • आक्रमण न्युज
  • २०८१ बैशाख २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६४२ पाठक संख्या
  • बैशाख २१ काठमाण्डौ , – राष्ट्रिय किसान आयोगले आगलागी र वन डढेलोका घटना बढ्दै गएको र यसबाट कृषि क्षेत्रमा ठूलो क्षति भएकोतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आज विज्ञप्ति निकालेर आगलागी र डढेलोबाट कृषि र पशुपन्छी क्षेत्र अन्तर्गत विभिन्न बाली, पशुचौपाया, पन्छी तथा अन्न उत्पादनको क्षेत्रमा क्षति भएको उल्लेख गरेको छ ।

    सुख्खायाम बढ्दै गएको र यसबाट आगलागी, डढेलो तथा समग्र कृषि क्षेत्रको उत्पादनमा भैरहेको क्षति घटाउन तीन तहका सरकारलाई गम्भीर बन्न आयोगले आग्रह गरेको छ । आयोगले देशको कुल ग्राहस्थ उत्पादनमा समेत नकारात्मक असर पर्नेतर्फ सचेत रहँदै आगलागी नियन्त्रणका उपकरण तयारी अवस्थामा राख्न, वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्न, पूर्वतयारीका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न पनि अपिल गरेको छ । क्षति भोगेका पीडित तथा किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले भनेको छ ।

    आयोगका अध्यक्ष डा। प्रेमप्रसाद दंगालले निकालेको विज्ञप्तिमा हिउँदे वर्षा नहुँदा किसान मर्कामा परेका र आउँदा दिनमा डिप ट्युबवेल, स्यालो ट्युबवेल जडान, साना नहर तथा कुलोको मर्मत, सिँचाई पूर्वाधार निर्माणमा ध्यान दिन पनि सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट