आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

मुगुमा विद्यार्थी बोकेको जिप दुर्घटना ११ जना घाइते


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • २४३ पाठक संख्या
  • जेठ १० मुगु,
    बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा भएको छ । मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

    उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।

    बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।

    घटनाको एकिन विवरण आउन बाँकी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट