आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकियो


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • २९३ पाठक संख्या
  • जेठ १० बाँके –

    हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

    नेपालगञ्जमा रहेको हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेकाअनुसार ११ दशमलव ६ किलोमिटर चार लेन र १६ दशमलव २ किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

    शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर ९भ्याट० बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको छ । नन्दनी मिलदेखि शुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट