Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

लाखौंको सामान र कुखुराको चल्ला बरामद


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५१८ पाठक संख्या
  • जेठ १७ बाँके ,

    बाँकेको छुट्टाछुट्टै स्थानबाट भन्सार छलिको समान र कुखुराको चल्ला बरामद गरिएको छ। नेपालगन्ज ४ स्थित भारत बाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको लेडिज जेन्स प्लाष्टिकको चप्पल र कुर्ता सुरुवाल अन्दाजी मुल्य रु२,८९,२००।– बराबरको सामान बरामद गरिएको हो।

    यस्तै जानकी गाउँपालिका १ बढैयाबाट अबैध रुपमा ल्याएका ब्रोईलर कुखुराको चल्ला १८०० वटा अन्दाजी मुल्य रु। १,८०,०००।– बराबरको अबैध चल्ला बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

    सामान र चल्ला बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑