आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

गर्मी बढेपछि दाङका विद्यालय बन्द


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ३३३ पाठक संख्या
  • जेठ १७ दाङ  –

    अत्यधिक गर्मीका कारण दाङका विद्यालय बन्द भएका छन् । दाङको देउखुरीका राप्ती र गढवा गाउँपालिका तथा लमही नगरपालिकाले आजदेखि विद्यालय बन्द गरेका छन् ।

    तुलसीपुर उपमहानगरपालिकाले ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकोको छ । भोलिदेखि जेठ २२ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डाराले जानकारी दिनुभयो ।

    अत्यधिक गर्मी बढेसँगै तराईसहितका अन्य जिल्लाका विद्यालयहरूमा पनि बिदा दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट