आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित


  • आक्रमण न्युज
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ३८२ पाठक संख्या
  • काठमाण्डौ असार १७ – प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला शुरु भएको थियो ।

    सभामुख देवराज घिमिरेले बैठक शुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । सभामुख घिमिरेले सांसद् यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गर्नुभएको थियो । अहिले संसद् बैठक चलिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट