Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

भ्रष्टाचारको यस्तो फाइल खुल्यो कि सरकार एक रात पनि टिक्न सकेन, गृहमन्त्री लामिछाने


  • आक्रमण न्युज
  • २०८१ अषाढ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३१७ पाठक संख्या
  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको बताउनुभएको छ। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गर्नुभयो ।

    ‘सबैलाई थाहै छ। तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्छ। अब फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने। यो बेचैनीको अर्को अर्थ के होला तरु एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। यो संविधान जोगाउनुपर्ने, कल्लाई जोगाउन खोजेकोरु,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सबैले बुझेकै कुरा हो। ठिक छ यसमा मेरो केही भन्नु छैन। संवैधानिक प्रक्रिया सुरु होला त्यसपछि अरू गर्ने कुराहरू छँदै छ। अहिले यति नै भन्न चाहन्छु।’

    साथै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बढेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गर्नुभएको छ । उहाँले केही फाइल खोल्नासाथ एक रातमै सरकार ढलेको बताउनुभयो।

    कांग्रेस एमालेका नेताले संविधान जोगाउन र संशोधन आवश्यक रहेकाले नयाँ गठबन्धन बनाउनु परेको बताइरहँदा लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको टिप्पणी गर्नुभयो।

    बेचेन झा पक्राउ परेकाले गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा लामिछानेले बेचैनीको अरू के अर्थ होला र भन्दै प्रतिप्रश्न गर्नुभयो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए । सोही प्रकरणमा शुक्रबारै काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑